|

काठमाडौं : प्रदेश नम्बर ५ का मुख्यमन्त्री शकर पोखरेलले साहित्यकार मोदनाथ प्रश्रितमाथि अप्रमाणित आरोपसँग जोडेर बदनाम गर्न खोजिएको बताएका छन्। खेम-हरिकला समाज कल्याण परिषदले दिएको पुरस्कारलाई लिएर विवाद भएपछि मुख्यमन्त्री पोखरेलले यस्तो बताएका हुन्।

शारदा भुसाल झाले आफूमाथि यौन हिंसा गरेको भनेर लगाएको आरोपलाई मुख्यमन्त्री पोखरेलले अप्रमाणित भनेका छन्। आख्यानकार तथा लेख सञ्‍जीव उप्रेतीलाई साहित्यकार प्रश्रितलाई अप्रमाणित कुरासँग जोडेर बदनाम गर्न खोजेको पनि उनले बताएका छन्। 

उनले खेम-हरिकला समाज कल्याण प्रतिष्ठानले दिएको पुरस्कार प्रश्रितमाथि अप्रमाणित कुरालाई लिएर बदनाम गर्ने नियतले उप्रेतीले अनावश्यक उछालेको पनि दाबी गरेका छन्। 

मुख्यमन्त्री पोखरेलले प्रश्रितले नेपाली समाजको परम्परागत सामन्ती जडता तोड्न खेलेको भूमिकाको अरुसँग तुलना हुन नसक्नेबताए। 'प्रश्रितले नेपाली समाजको परम्परागत सामान्ती जडतालाई तोड्न र सामाजिक तथा साँस्कृतिक रुपान्तरण गर्नमा पुर्याएको योगदान अतुलनीय छ', उनले भनेका छन्, 'एकाध कितावको सफलतासँग उहाँको योगदानको तुलना हुन सक्दैन।'

पोखरेलले प्रश्रितमाथि अप्रमाणित आरोपलाई लिएर गरेको टिप्पणीमा कमजोरी स्वीकार्नुपर्ने बताएका छन्। 'सञ्‍जीवजीले आफ्नो कमजोरी महसुसगरी प्रश्रितजीलाई सम्मान गर्नुहुनेछ', उनले भनेका छन्।

​प्रतिष्ठानले २०७६ को पद्मश्री साहित्य पुरस्कार आख्यानकार उप्रेतीको उपन्यास ‘हंस’ लाई र पद्‍मश्री साधना सम्मान साहित्यकारसमेत रहेका प्रश्रितलाई दिने निर्णय गरेको थियो।  

पुरस्कारबारे निर्णय सुनेपछि उप्रेतीले पद्मश्री सम्मान मोदनाथ प्रश्रितसँग एकै मञ्‍चमा बसेर लिन नसक्ने बताएका थिए। प्रतिष्ठानले वर्ष २०७६ को पद्मश्री  साहित्य पुरस्कार आफूलाई दिने निर्णयबारे जानकारी पाएपछि उनले अर्का साहित्यकारसमेत रहेका प्रश्रितसँगै एकै मञ्‍चबाट उक्त पुरस्कार लिन नसक्ने बताइसेका थिए।

त्यसपछि यसबारेमा विवाद चुलिँदै गएको छ। यसैबीच प्रश्रितले अहिलेकै अवस्थामा यो पुरस्कार लिन नसक्ने बताएका छन्। आफूमाथि अप्रमाणित आरोप लगाए परिस्थतिलाई असहज बनाइएको भन्दै उनले अहिलेकै अवस्थामा यो पुरस्कार लिन नसक्ने जानकारी आफूले आयोजकलाई गराएको प्रश्रितले बताएका छन्। ​


सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.