|

कपिलवस्तु : चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग राख्दै अनशनरत डा गोविन्द केसीको समर्थनमा कपिलवस्तु रिले अनशन सुरु भएको छ।

गत भदौ २९ गते जुम्लाबाट २९ औँ अनसन थाल्नुभएका डाक्टर केसीको जीवन रक्षाका लागि भन्दै धर्ना कार्यक्रमसँगै रिले अनशन सुरु गरेका हुन्।  ‘हामी डाक्टर केसीको साथमा छौँ’, 'म पनि डाक्टर केसी हो,' लेखिएका पम्पलेटसहित धर्नामा उत्रिएका युवा वाणगंगा नगरपालिकाको जितपुर चोकमा अनसन बसेका छन्। 

माग पूरा नहुँदासम्म अनसन चल्ने उनीहरुले बताएका छन्। प्रत्येक दिन बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म धर्नामा बस्ने नेपाल विद्यार्थी संघका क्षत्रीय सभापति चन्द्रकान्त पोखरेलले बताए। ​

डा केसीको जीवन रक्षा गर्न सरकारलाई आग्रह गर्दै धर्नामा बसेका युवाले हरेक नागरिकको ज्यान रक्षाका लागि सरकार जिम्मेवार हुनुपर्ने बताउँदै राज्यले उहाँका माग तत्काल सम्बोधन गरेर अनशन तोडाउनुपर्ने माग गरे। डा केसीले उठाएका माग जायज भएकाले सबै जनताले समर्थन र साथ दिनुपर्नेमा पनि उनीहरुले जोड दिएका छन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.