|

भद्रपुर : झापामा एक महिला रक्ताम्मे अवस्थामा आफ्नै घर भित्र मृत भेटिएकी छन्। घटनाको प्रकृति हेर्दा उनको हत्या भएको प्रहरीले आशंका गरेको छ।

गौरादह नगरपालिका १ बस्ने ६५ वर्षीय मनमाया भण्डारी आफ्नै घरमा मृत भेटिएकी प्रहरी कार्यालय झापाका एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए। 

अहिले हामी घटनास्थलमा छौं, एसपी कोइरालाले भने, 'महिलाको शव वरिपरि रगतैरगत छ, उनको दुवै हात पछाडिबाट बाँधिएको देखिन्छ। घटनाको विषयमा अनुसन्धान भइरहेको बताउँदै एसपी कोइरालाले भने, 'धरानबाट तालिमप्राप्त कुकुर मगाएका छौं, त्यसपछि मात्र केही भन्न सकिन्छ।

यता प्रहरीका अनुसार मृतक महिलाको श्रीमान् भीम भण्डारी घरमा नभएको बेला घटना घटेको जानकारी दिए। श्रीमान् दिउँसो साढे ४ बजे घर फर्किदा श्रीमतीको शव खाट मुनि लडिरहेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.