|

कञ्चनपुर : सीमा क्षेत्रमा अग्रपंक्तिमा रहेका सशस्त्र प्रहरीका सात जवानमा कोरोना संक्रमण भएको छ।  

सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा गरिएको परीक्षणमा सीमा नाका गड्डाचौकीमा कार्यरत सशस्त्र प्रहरीका जवानमा कोरोना पुष्टि भएको हो। संक्रमण भएका जवान सीमा क्षेत्रमा भारत जाने र फर्कनेको सुरक्षा व्यवस्था मिलाउन र स्वास्थ्य चेकजाँचमा खटिएका थिए। 

संक्रमण देखिएका जवानलाई महाकाली अस्पतालको आइसोलेसनमा राखिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र बहादुर ऐरले बताए। उनका अनुसार सातै जनाको स्वास्थ्य भने सामान्य छ।

यसअघि समेत सीमा क्षेत्रमा तैनाथ सशस्त्र प्रहरी निरीक्षकसहित आठ जनामा कोरोना भएको थियो। ती भने हाल कोरोनामुक्त भई कार्यक्षेत्रमा खटिइसकेका छन्। 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.