|

दमक (झापा)​ :  कमल गाउँपालिकाले अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ। नेपाल सरकारले अस्पताल नभएका स्थानीय तहमा न्यूनतम पाँच शय्याको कोभिड अस्पताल सञ्चलन गर्न निर्देशन दिएअनुसार गाउँपालिकाले अस्थायी अस्पताल सञ्चालनमा ल्याएको हो।

अस्पताल स्थानीय सरकारले सञ्चालनमा ल्याएको प्रदेश १ कै पहिलो कोभिड अस्पताल रहेको प्रदेश १ का आन्तरीक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले बताए। अस्पताल निर्माणका लागि गाउँपालिकाले २१ लाख रुपैयाँ  खर्च गरेको छ। अस्पतालमा आवश्यक सामग्री खरिद र कर्मचारी व्यवस्थापनका लागि संघीय सरकारबाट १४ लाख ५० हजार र प्रदेश सरकारबाट पाँच लाख रुपैयाँ प्राप्त भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले जानकारी दिए।

हट्यो विद्यालयको क्वारेन्टाइन

गाउँपालिकामा अस्थायी कोभिड अस्पताल सञ्चालनमा आएपछि वडा नम्बर ३ स्थित शहिद धर्मभक्त माविमा क्वारेन्टाइन बन्द गरिएको गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले जानकारी दिइन्।

अस्पताल सञ्चालनका लागि तत्काल एमबिबिएस डाक्टर एकजना‚ स्टाफ नर्स दुईजना र कार्यालय सहयोगी एकजना नियुक्त भैसकेका छन्। संक्रमितको चाप र आवश्यकताका आधारमा गाउँपालिकाले थप कर्मचारी परिचालन गर्ने प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले बताए।

स्थायी बनाउन सहयोग गर्ने प्रतिवद्धता

अस्पताल उद्घाटनका क्रममा सोमबार प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री कार्कीले हाल अस्थायी रुपमा सञ्चालनमा आएको अस्पतालाई स्थायी बनाउन सहयोग गर्ने आश्वासन दिए। श्रोत साधन थप उपलब्ध गराई अस्थायी अस्पतालाई स्थायी रुपमै सञ्चालनका लागि सहयोग गर्ने प्रदेश सरकार तयार रहेको उनको भनाइ छ।

कोरोना महामारी नियन्त्रणका लागि स्थानीय सरकारको भूमिका सराहनीय रहेको भन्दै थप सजगताका साथ जनजीवन सहज बनाउँदै लैजाने तर्फ सबै तहका सरकारबीच समन्वय भइरहेको उनले बताएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.