|

विराटनगर : विराटनगर र धरानमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मंगलबार बिहान मोरङको सुनवर्षी नगरपालिकाकी ७ का ६८ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ।

असोज १० गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका उनको आज बिहान ३ बजे निधन भएको प्रवक्ता डा निदेश सापकोटाका बताए। उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको प्रतिष्ठानले जनाएको छ। मृतकलाई नोबल मेडिकल कलेज विराटनगरले वीपीमा रिफर गरेको थियो। 

मृतकलाई असोज ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । मृतकलाई ज्वरो, खोकी, श्वासप्रश्वासमा कठिन भएर र कोभिड भएर वीपीमा रिफर गरिएको थियो। 

त्यसैगरी विराटनगरको कोशी अस्पतालको आइसोलेसनमा सुनसरीको दुहवी नगरपालिका–५ का ६० वर्षीय पुरुषको मृत्यु भएको छ। कोशी अस्पतालमा भर्ना गरिएको केही बेरमै उनलेको मृत्यु भएको अस्पतालका आइसोलेसन संयोजक डा लक्ष्मीनारायण यादवले जानकारी दिए। 

यादवकाअनुसार ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिएको भन्दै पुरुषलाई सोमबार दिउँसो २ः४५ बजे अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो।

तत्काल आइसोलेसनमा राखेर उपचार थालिएका उनको दिउँसो ३ः०५ बजे मृत्यु भएको यादवले बताए। मृत्युपछि स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा राति ८ बजेतिर रिपोर्ट पोजेटिभ आएको उनको भनाइ छ।

मृतकमा कुनै दीर्घ रोग रहेको जानकारी नभएको डा यादवले बताए। अहिलेसम्म कोरोनाका कारण वीपी प्रतिष्ठानमा मृत्यु हुनेको संख्या ३६ पुगेको छ। भने प्रदेश एकमा मृत्यु हुनेको संख्या ६४ पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.