|

हेटौंडा : बागमती प्रदेश सभा सदस्य तथा नेकपा मकवानपुरकी अध्यक्ष मुनु सिग्देललाई कोरोना पोजेटिभ देखिएको छ।

असोज ५ गते हेटौंडाबाट काठमाडौ गएपछि रुघाखोकी लागेर लक्षण देखिएपछि पिसिआर चेक गर्दा पोजेटिभ आएको सिग्देलले बताइन्। सिग्देल काठमाडौ मै होम आईसोलेसन रहेकी छिन्।  अहिले उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ । 

उनी प्रतिनिधि सभा सांसद विरोध खतिवडाकी श्रीमती तथा मिस नेपाल २०१८ शृङ्खला खतिवडाको आमा हुन्।  सिग्देलको परिवारका सदस्यहरुलाई भने कोरोना देखिएको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.