|

रौतहट : ​जग्गाबारे विवाद हुँदा रौतहटमा एक महिलाको हत्या भएको खुलेको छ।

रौतहट गढीमाई नगरपालिका-३ गम्हरिया पर्सा मुसरी टोल बस्‍ने सकल बैठाकी श्रीमती मिन्त्रादेवी वैठाको लेनदेन विषयमा गत भदौ १४ गते हत्या भएको रौतहट प्रहरीले जानकारी दिएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटले सो घटनाबार सोमबार सार्वजनिक गरेको थियो।

प्रहरीले हत्याको आरोपमा सोही गाउँका अनवर हुसेनका छोरो जमसैद मियाँ, सफी महम्मद मियाँको छोरा दाउद मियाँ, कैल भन्ने रफिक मियाँको छोरा जहरूद्दिन मियाँ र सफि महम्मद मियाँको छोरा महम्मद इसराफुल मियाँसहित गरी चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो।

मित्रा देवीको हत्या जग्गा विवादको कारण सोही गाउँका जमसैद आलमले योजना बनाई हत्या गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले जानकारी दिएका छन्‌। 

रौतहटमा कसले गर्दैछ शृङ्खलाबद्ध हत्या : फेरि महिलाको शव भेटियो

जमसैद आलमको वुवा स्व. अनवर हुसैनले लिएको ऋण चुक्ता गर्न नसक्दा अदालतमार्फत नै सकार गरी लिएको जग्गामध्ये मृतक मिन्त्रा देवी वैठाका श्रीमान सकल वैठाले जग्गा किन्दा जमसैद आलमले सो जग्गामा भोगचलन गर्न नदिई विवाद झिकि कुटपिट समेत गरेको प्रहरी अनुसन्धानबाट खुलेको डिएसपी श्रेष्ठले बताएका छन्‌। 

आलमले निज सकल वैठलाई जग्गा भोग चलन गर्न नदिई मृतक मिन्त्रा देवी वैठालाई 'मेरो जग्गा हो, तिमीहरूले जग्गा छोडिदेउ' भनि पटक-पटक धाकधम्की दिने गरेकोसमेत प्रहरी अनुसन्धानबाट खुलेको छ।

मिन्त्रा देवीको हत्या गर्नुभन्दा केही दिनअघी समेत निज जमसैद आलमले मृतक मिन्त्रा देवी वैठालाई बाख्रा चराउने क्रममा 'मेरो जग्गा फिर्ता किन नगरेको ?' भनि धम्क्याएको अनुसन्धानबाट खुलेको प्रहरीले जानकारी दिएको छ।

पक्राउ परेकाहरूलाई सोमबार रौतहट जिल्ला अदालतबाट ज्यान सम्बन्धी कसूरमा सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको डिएसपी श्रेष्ठले बताए। 

भदौ १४ गते हत्या गरी उखुबारीमा फालिएको अवस्थामा ​मिन्त्रा देवीको शव भेटिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.