|

काठमाडौं :  पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ९३४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ७४७, ललितपुरमा ११४, र भक्तपुरमा ७३ जनामा संक्रमण पुष्टि भएको हो।

काठमाडौं उपत्यकामा आज थपिएका संक्रमित देशभरको झण्डै ६५ प्रतिशत हो। देशका अन्य जिल्लामा भन्दा धेरै संक्रमित काठमाडौं उपत्यकामा नै भेटिएका हुन्।

मंगलबार देशभर १ हजार ५ सय १३ जना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १० जनाको मृत्यू भएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.