|

डडेल्धुरा : युएईमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) मा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सले आज आफ्नो तेस्रो म्याच खेल्दैछ। 

दिल्लीले आज सनराइजर्स हैदराबादविरुद्ध खेल्न लागेको हो। हैदराबाद र दिल्लीबीचको खेल मंगलबार साँझ ७ः४५ बजेदेखि सुरु हुनेछ। जारी सिजनमा दिल्लीले सुरुवातका दुबै म्याचमा जित हासिल गरेको छ। हैदराबादले भने लगातार दुई खेलमा हारको सामना गरेको छ।

दिल्ली पहिलो खेलमा किंग्स इलावेन पञ्जाब र दोस्रो म्याचमा चेन्नई सुपर किंग्स (सिएसके)लाई हराएर राम्रो लयमा देखिएको छ। यता हैदराबादले भने रोयल च्यालेन्जर्स बैंग्लोर (आरसिबी) र कोलकाता नाइट राइडर्स (केकेआर)विरुद्ध पराजय बेहोरिसकेको छ।

दुबै टिमको प्रदर्शन 

हैदराबादले पोइन्ट टेबलमा खाता खोल्न सकेको छैन। दिल्ली ४ अंकका साथ पोइन्ट टेबलमा शीर्ष स्थानमा छ  भने हैदराबाद आठौँ स्थानमा छ। ​आइपिएल २०२० मा दिल्ली राम्रो प्रदर्शन गरिरहेको छ। उसका ओपनर, मिडल अर्डर, फिनिसर र बलरले राम्रो प्रदर्शन गरिरहेको हुन्। इशांत शर्मा र रवीचन्द्र अश्विनको अनुपस्थितिमा पनि दिल्ली टोली एकदम सन्तुलित देखिएको छ।

पहिलो खेलमा दिल्लीले किंग्स इलेवन पञ्जाबलाई सुपर ओभरमा हरायो भने दोस्रो खेलमा चेन्नई सुपर किंग्सलाई हरायो। दिल्लीको माथिल्लो क्रमका ब्याट्सम्यानले पञ्जाबविरुद्ध रन बनाउन सकेनन्। तर, मार्कस स्टोइनिसले उत्कृष्ट पारी खेले।

माथिल्लो अर्डरले चेन्नईविरुद्धको खेलमा राम्रो रन बनाए। पृथ्वी शाले अर्धशतक खेल्दा शिखर धवन, श्रेयस अय्यर र ऋषभ पन्तले पनि राम्रो स्कोर गरे।

यसैबीच, अश्विनको अनुपस्थितिमा अनुभवी अमित मिश्राले आफ्नो कम राम्ररी पूरा गरे र अक्षर पटेलले पनि उनलाई साथ दिए। कागिसो रबाडा र एनरिज नोर्कियाले तीव्रगतिको बलिङ ‘ह्यान्डल’ गरिरहेका छन्।

अब, सनराइजर्स हैदराबादको बारेमा चर्चा गरौँ। हैदराबादले जारी लिगमा अहिलेसम्म उत्कृष्ट प्लेइङ–११ छनौट गर्न सकेको छैन। टोलीमा जोनी बेयरस्टो, डेभिड वार्नर र मनीष पाण्डेबाहेक टी–२० ढाँचामा छिटो रन बनाउन सक्ने खेलाडीको कमी छ। 

अघिल्लो खेलमा हैदराबादका विजय शंकर घाइते भएपछि ऋद्धिमान शाहलाई प्लेइङ–११ मा मौका दिइएको थियो। तर, उनले ढिलो इनिङ खेल गरेर सबैलाई निराश तुल्याए। टोलीलाई यहाँ केन विलियम्सनको आवश्यकता छ। उनको आगमनले टिमको मध्यक्रम र अन्तर्राष्ट्रिय स्तरको कप्तानको साथले डेभिड वार्नरलाई सुदृढ बनाउनेछ।

हैदरावादसँग विश्व क्रिकेटमा नाम चलेका बलरहरु भए पनि पछिल्ला खेलहरुमा राम्रो प्रदर्शन गर्न सकिरहेको छैन। रशिद खानले रन रोक्न सके पनि उनी विकेट लिन असमर्थ छन्। भुवनेश्वर कुमारको पनि यस्तै अवस्था छ। तर, अहिले हैदराबादले आफ्नो बलिङभन्दा बढी ब्याटिङमा ध्यान दिन जरुरी छ। 

हैदराबादविरुद्ध सन्दीपको सम्भावना कति?

म्याच सुरु हुनुअघि लोकप्रिय क्रिकेट अनलाइन इएसपिएनक्रिकइन्फोले जारी गरेको दिल्लीको सम्भावित प्लेइङ–११ मा सन्दीप अटाएका छैनन्। उसले अनुमान गरेको दिल्लीको अन्तिम–११ मा अघिल्लै प्लेइङ–११ लाई दोहोर्‍याएको छ।

सिएसकेविरुद्ध ४४ रनले विजयी भएको दिल्लीले त्यही प्लेइङ सेटलाई मैदान उतार्ने सम्भावना छ। त्यहीअनुसार क्रिकइन्फोले पनि अघिल्लो प्लेइङ सेटलाई राखेको हुन सक्छ।

यद्यपि चोटका कारण सुरुवातका दुई म्याच गुमाएका इशान्त शर्मा फिट भएको भए आवेश खानले हैदराबाद मौका नपाउन सक्छन्। विदेशी खेलाडीका रूपमा अघिल्लो दुई म्याचमा मौका पाएका एनरिज नोर्किया, मार्कस स्टोइनिस, शिमरोन हेटमायर र कागिसो रबाडाले राम्रो प्रदर्शन गरिरहेका छन्।

दिल्लीले तत्काल यी चार विदेशी खेलाडीको विकल्प रोज्ने मनसाय नबनाएको हुनसक्छ। यस्तो अवस्थामा सन्दीपले प्लेइङ–११ मा मौका पाउन झन् कठिन भएको छ। विदेशी खेलाडीले लगातार राम्रो प्रदर्शन गर्नुले सन्दीपलाई अन्तिम–११ मा पर्न थप चुनौती थपिँदै गएको छ।

आजको म्याचमा दिल्लीको प्लेइङ ११ मा धेरै परिवर्तन देख्न नपाइने सम्भावना छ। लगातार राम्रो प्रदर्शन गरिरहेकाले उसले अघिल्लै प्लेइङ सेटलाई मैदान उतार्ने सम्भावना छ। तर, इशान्त शर्मा फिट भएको अवस्थामा अघिल्लो खेलमा मौका पाएका आवेश खानले विश्राम पाउन सक्छन्।

तर, हैदराबादमा भने आज परिवर्तन देख्ने सकिने छ। उसले सुरुवातका दुबै म्याचमा हार ब्यहोरेको छ। जसकारण हैदराबादले केही परिवर्तनका साथ रणनीति बनाएको हुनसक्छ।

खेलाडीहरूको चोटबारे पछिल्लो अपडेट

दिल्ली क्यापिटल टोलीका अनुभवी स्पिनर आर अश्विन चोटमुक्त भएका छन्। उनलाई जिम र नेटमा देखिएका थिए। तर, चेन्नईविरुद्ध टसका बेला कप्तान अय्यरले भनेका थिए, ‘उनी कुनै जोखिम लिन चाहँदैनन्। र, उनी २–३ खेलमा टिम बाहिर रहनेछन्।’

हैदराबादका विजय शंकर फेरि एक पटक उनी आफ्नो कम्मरको दुखाइसँग संघर्ष गर्दैछन्। यसकारण उनी पछिल्लो खेलमा प्लेइङ–११ मा परेका थिएनन्। उनी फिट भएपछि ऋद्धिमान साहको ठाउँमा टिममा आउन सक्छन्। शंकरको आगमनले हैदराबादलाई थोरै राहत मिल्नेछ।

हेड टु हेड

आइपिएलमा हालसम्म यी दुई टोलीले १५ पटक एकअर्का विरुद्ध खेलेका छन्। जसमा ९ पटक हैदराबादले जितेको छ भने ६ पटक दिल्लीले बाजी मारेको छ। तर, गत वर्षदेखि दिल्लीको टोली निकै लयमा देखिएको छ। पछिल्ला तीनमध्ये दुई खेलमा हैदराबादलाई दिल्लीले हराएको छ। 

दिल्लीको सम्भावित प्लेइङ ११ 

पृथ्वी शा, शिखर धवन, श्रेयस अय्यर (कप्तान), ऋषभ पन्त, शिमरोन हेटमायर, मार्कस स्टोइनिस, अक्क्षर पटेल, अमित मिश्रा, कागिसो रबाडा, एनरिज नोर्किया र आवेश खान

हैदराबाद सम्भावित प्लेइङ–११ 

डेविड वार्नर (कप्तान), जोनी बेयरस्टो, मनिष पाण्डे, विजय शंकररऋद्धिमान साह, मोहम्मद नाबी, अब्दुल समद, अभिषेक शर्मा, राशिद खान, भुवनेश्वर कुमार, सन्दीप शर्मारखलील अहमदरटी नटराजन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.