सरकारी अधिकारी भन्छन् : यसबारे कुनै जानकारी छैन
सरकारी अधिकारी भन्छन् : यसबारे कुनै जानकारी छैन
काठमाडौ : रसियाले नेपाललाई कोरोना भाइरसविरुद्धको साढे २ करोड ५० लाख डोज खोप उपलब्ध गराउने भएको छ। उक्त परिमाणको खोप नेपाल पठाउन सम्झौता नै भइसकेको समाचार अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्सले प्रकाशित गरेको छ।
रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्ड र नेपालको औषधि उत्पादक कम्पनी ट्रिनिटी फर्मास्युटिकल्सकबीच २ करोड ५० लाख डोज रुसी भ्याक्सिन ‘स्पुतनिक-५’ नेपाल ल्याउने सम्झौता भएको हो।
फन्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) किरिल डिमिट्रेभले ट्रिनिटीसँग भएको सम्झौताबाट नेपालका ९० प्रतिशत जनसंख्याका लागि पुग्ने गरी भ्याक्सिन उपलब्ध गराउने बताएका छन्। उनले भनेका छन्,'ट्रिनिटी कम्पनीलाई धन्यवाद! खोप लानका लागि सम्झौता भइसकेको छ।'
रुसले बनायो कोरोनाविरुद्धको भ्याक्सिन, पहिलो खोप राष्ट्रपति पुटिनकी छोरीलाई |
११ अगस्टमा, जामिलिया नेशनल रिसर्च इन्स्टिच्युट इपिडिमियोलोजी र माइक्रोबायोलोजीद्वारा विकसित 'स्पुतनिक भी' खोप रसको स्वास्थ्य मन्त्रालयमा दर्ता गरेको थियो । मानव एडिनोभाइरल भेक्टर प्लेटफर्ममा आधारित कोभिड-१९ विरुद्धको विश्वमा दर्ता भएको पहिलो खोप भएकोसमेत दाबी गरिएको छ ।
४ सेप्टेम्बरमा, 'स्पुतनिक भी' पहिलो र दोस्रो चरणको क्लिनिकल परीक्षणको नतिजा बारेमा ल्यान्सेट जर्नलमा प्रकाशित गरिएको थियो।
इन्डियन एक्सप्रेसका अनुसार किशोर अधिकारीले रसियन फन्डसँग सम्झौता गर्न पाउँदा उत्साहित भएको बताएका छन्। ट्रिनिटी स्पुतनिक परीक्षणको अन्तिम नतिजालाई पर्खेर बसेको छ। चाँडोभन्दा चाँडो नेपाल सरकारले नेपाली जनताको लगि खोप ल्याउन अनुमति दिनेछ विश्वास पनि उनले व्यक्त गरेका छन्।
सरकार भन्छ : थाहा छैन
ट्रिनिटी फर्मास्युटिकलले खोप ल्याउनका लागि सम्झौता गरे पनि सरकारले यसबारे अनभिज्ञता प्रकट गरेको छ। विदेशबाट कुनै पनि औषधि तथा भ्याक्सिन सरकारको अनुमतिबिना नेपाल ल्याउन सम्भव छैन। नेपालमा विदेशी कम्पनीको औषधि आयात गर्न सरकारसँग अनुमति अनिवार्य छ।
रुसपछि चीनले बनायो कोरोनाको भ्याक्सिन, जनमुक्ति सेनामा प्रयोग अनुमति |
'औषधि या भ्याक्सिन आयात गर्न सरकारसँग सहमति लिनुपर्ने हुन्छ', उनले अगाडि थपे, 'त्यसका लागि आवश्यक प्रक्रिया अघि बढाउन ट्रिनिटी नामको फर्मास्युटिकलले अहिलेसम्म विभागलाई जानकारी गराएको छैन।'
एसोसिएसन भन्छ : हामीलाई थाहा भएन
फर्मास्युटिकल्स एसोसिएसनका अध्यक्ष शशिकान्त चौधरीले ट्रिनिटीको बारेमा आफूलाई कुनै कुरा थाहा नभएको बताएका छन्। उनले यो कम्पनी औषधि उत्पादकभन्दा आयातकर्ता मात्रै हुन सक्ने बताए।
अमेरिकाले रूसी भ्याक्सिनको उडायो खिल्ली : त्यो त बाँदरका लागि पनि लायक छैन |
तपाईंको ईमेल गोप्य राखिनेछ ।