|

बैतडी : क्षमताभन्दा दोब्बर कैदीबन्दी हुँदा कारागार कार्यालय बैतडीलाई व्यवस्थापनमा समस्या भएको छ। २५ जनाको क्षमता रहेको कारागारमा हाल ५८ जना कैदीबन्दी रहेका छन्। 

जसमा ३१ कैदी र २७ थुनुवा रहेका जेलर अनिल तिवारीले जानकारी दिए। उनले भने, ‘क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी हुँदा व्यवस्थापन गर्न समस्या भइरहेको छ।’ कोरोनाले देशका विभिन्न कारागारमा रहेका कैदीमा कोरोना संक्रमण र संक्रमणबाट मृत्यु भइरहेको समाचार आइरहेका बेला बैतडीमा पनि क्षमताभन्दा बढी कैदीबन्दी हुँदा जोखिम बढेको जेलर तिवारी बताउँछन्। कारागारमा शंकास्पद १० कैदी र सबै थुनुवाको र १० जना कारागारका कर्मचारी र सुरक्षाकर्मीको पिसिआर परीक्षण गरेकोमा सबैको रिपोर्ट नेगेटिभ आएको थियो। 

क्षमताभन्दा बढी कैदीबन्दी हुँदा संक्रमणको जोखिम हुनुका साथै खानेपानी र अन्य व्यवस्थापनमा समस्या छ। खानेपानी आपूर्ति गर्न, शौचालय र बस्नका लागि पनि ठाउँ साँघुरो रहेको जेलर तिवारीले बताए। उनले भने, ‘कोरोना भाइरसको संक्रमण नहोस् भनेर सावधानी अपनाए पनि नयाँ आएका थुनुवा र कैदी राख्न छुट्टै क्वारेन्टाइन तथा आइसोलेसन नहुँदा जोखिम बढेको छ।’ क्वारेन्टाइन तथा आइसोलेसन बनाउन आवश्यक बजेट नहुँदा बनाउन नसकिएको तिवारीले बताए।

कारागार कार्यालयले हाल कोरोना महामारीले गर्दा कैदीबन्दीलाई हाल आफन्तलाई समेत भेट्न रोक लगाइएको छ। संक्रमणको जोखिम हुने भन्दै अदालत लैजान पनि बन्द गरिएको छ। २०४० सालमा निर्माण भएको कारागार पनि जीर्ण बन्दै गएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.