|

काठमाडौं : औषधी व्यवस्था विभागले थप दुई कम्पनीले उत्पादन गरेको ह्यान्ड स्यानिटाइजर बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ। 

राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा तोकिएको मापदण्ड पूरा नभएपछि विभागले आज एक सूचना जारी गर्दै स्यानिटाइजर बिक्री बितरण रोक्का गरी बजारबाट फिर्ता गर्न निर्देशन दिएको हो। 

विभागले हिमालय शेर्पा हर्बस् प्रालि काठमाडौंले उत्पादन गरेको ह्यान्ड रब इन्स्ट्यान्ट र पर्साको वीरगञ्जस्थित प्राईम फर्मास्युटिकल्सले उत्पादन गरेको सेफ ह्यान्डस्लाई बजारमा बिक्री वितरणमा रोक लगाएको हो। 

यी स्यानिटाइजर परिक्षण गर्दा न्युन गुणस्तरको पाइएको हो। विभागले यी स्यानिटाइजरहरु सिफारिस, बिक्री वितरण तथा प्रयोग नगर्न नगराउन पनि सम्बन्धित सबैलाई आग्रह गरेको छ। 

विभागले यसअघि डेढ दर्जन कम्पनीका स्यानिटाइजरमा विषक्त रसायन मिसाएको पाइएको भन्दै उत्पादन र बिक्री वितरणमा रोक लगाइसकेको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.