|

दाङ : ५ नम्बर प्रदेश प्रहरी कार्यालयले १२ वटै जिल्लामा एउटै मापदण्डको चेकिङ ब्यारिकेड लागू गरेको छ।

प्रदेश प्रहरी कार्यालय, तुलसीपुर दाङले आकस्मिक र नियमित चेक जाँचलाई थप व्यवस्थित गर्न सबै जिल्ला एउटै मापदण्ड र एउटै साइजका ब्यारिकेड लागू गरेको हो।

५ नम्बर प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङका प्रवक्ता एवं एसएसपी राजकुमार बैदवारले प्रहरी चेक जाँचका क्रममा नागरिकहरूलाई सास्ती नहोस्‌ भन्ने उद्देश्यले एकै प्रकारका ब्यारिकेड सडकमा राखिएको बताए।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष नवराज लामिछाने चाडपर्व नजिकिँदै गर्दा सडकमा हुने सवारी चापलाई व्यवस्थित गर्न सबैको सहयोग आवश्यक रहेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.