|

दाङ : दाङमा कोरोना संक्रमित हुनेमध्ये २० देखि ४० वर्ष उमेर मानिस बढी रहेको पाइएको छ।

स्वास्थ्य कार्यालय दाङका अनुसार जिल्लामा हालसम्म २० देखि ४० वर्षसम्म उमेरका ७२८ जना व्यक्तिहरुलाई कोरोना संक्रमण भएको हो।

त्यस्तै, पाँच वर्षसम्मका १३ जना, ५ देखि १० वर्षसम्म १४ जना, १० देखि २० वर्षसम्मका १८४ जनामा संक्रमण भएको स्वास्थ्य कार्यालय दाङका कोभिड १९ फोकल पर्सन कमल चन्दले जानकारी दिए।

४० देखि ५० वर्षसम्मका १२५ जना, ५० देखि ६० वर्षसम्मका ६७ जना र ६० वर्षभन्दा माथिका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको उनले जानकारी दिए।

संक्रमित भएकामध्ये ९० प्रतिशत सर्वसाधारण, ३८ प्रतिशत स्वास्थ्यकर्मी , ३४ प्रतिशत नेपाली सेना, ४१ प्रतिशत कर्मचारी , ७ प्रतिशत जनप्रतिनिधि रहेका फोकल पर्सन चन्दले जानकारी दिए।

दाङमा मंगलबारसम्म १७ हजार १०९ जनाको स्वाब परीक्षण गर्दा ११ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये २४७ जना महिला र ८९८ जना पुरुषहरु रहेको स्वास्थ्य कार्यालय दाङले जनाएको छ।

त्यस्तै, बितेको २४ घण्टामा दाङमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ५१ जना डिस्चार्ज भएका छन्‌। अहिले क्वारेन्टाइनमा ७६ जना रहेका छन्।  यीमध्ये होम क्वारेन्टाइनमा ४१ जना रहेका छन्।

हालसम्म जिल्लाका १० स्थानीयतहमा भारत तथा तेस्रो मुलकबाट ८ हजार ११ जना आएको स्वास्थ्य कार्यालयले जनाएको छ। भारतबाट सात हजार एकजना र तेस्रो मुलुकबाट एक हजार १० जना आएका छन्। जिल्लामा हालसम्म तीन जना संक्रमितको मृत्यु भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.