|

कपिलवस्तु : कपिलवस्तुको बुद्धभुमी नगरपालिका १ वीरपुरका ५० वर्षकी कोरोना संकमित महिलाको मृत्यु भएको छ। 

बुधवार राति ३ः३० बजे भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको थियो। मृत्यु हुने महिलामा थाइराइड, सुगर, निमोनिया र दीर्घ रोगबाट ग्रसित थिए। 
स्वास्थ्यमा समस्या देखिए पछि उपचारका लागी भैरहवा मेडिकल कलेज लगिएको थियो।

असोज ५ गते पिसिआर परीक्षण गर्दा उनलाई कोरोना संक्रमण भएको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका हेल्थ असिस्टेन्ट उमेश घिमिरेले बताएका छन्।

योसँगै कपिलवस्तुमा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। जिल्लामा हाल ९७ जना सक्रिय संक्रमित रहेका छन्। मङ्गलबार १६ जना संक्रमित थप भएका थिए। कपिलवस्तुमा संक्रमित हुनेको संख्या १३३४ पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.