काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमको राष्ट्रियसभा सदस्य मनोनयनका विषयमा सर्वोच्च अदालतमा परेको रिटमाथि आज बहस हुँदैछ।
गौतमको बहस संबैधानिक इजलासमा हुने भएको छ। बहसका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको नेतृत्वमा ५ सदस्यीय संवैधानिक इजलासमा हुनेछ। इजलासलमा न्यायाधीशहरू दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा रहेका छन्।
यसअघि न्यायाधीश डाक्टर आनन्दमोहन भट्टराईको एकल इजलासले गौतमलाई थप संवैधानिक अधिकार नदिन अन्तरकालिन आदेश जारी गरेको थियो। गौतमलाई थप अधिकार नदिन माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्चका रिट दायर गरेका थिए।
आज गौतमको पक्षबाट डाक्टर युवराज संग्रौला लगायतले बहस गर्नेछन्। राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमलाई असोज १ गते राष्ट्रिय सभाको सदस्यमा मनोनयन गरेकी थिइन्। गौतमले त्यही दिन राष्ट्रिय सभाको सदस्यको शपथ लिएका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।