सनराइजर्स हैदराबादविरुद्धको खेलमा स्लो ओभर रेटका लागि दिल्ली क्यापिटल्सका कप्तान श्रेयस अय्यरलाई जरिवाना गरिएकाे छ।
श्रेयसलाई खेलमा स्लो ओभर रेटमा १२ लाख भारतीय रुपैयाँ जरिवाना गरिएकाे हो। आइपिएलद्वारा जारी गरिएको एक विज्ञाप्तिमा श्रेयस अय्यरको कप्तानीमा रहेको टोलीको यस सिजन यो पहिलो गल्ति हो। आईपीएलको कोड अफ कन्डक्टअनुसार मिनिमम ओभर रेटलाई लिएर उनीमाथि जरिवाना गरिएको हो। यस अघि रोयल च्याल्न्जर्सका कप्तान विराट कोहलीलाई पनि जरिवाना गरिएको थियो।
मंगलबार राति सम्पन्न ११ औं खेलमा दिल्ली क्यापिटल्सलाई १५ रनले पराजित गर्दै हैदराबादले तेस्रो खेलमा पहिलो जित हात पारेको थियो। दिल्लीको जारी सिजनमा यो पहिलो हार हो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।