|

काठमाडौं :  ​पत्रकार विजय कुमारको दोस्रो कृति 'सम्बन्धहरू' बिहीबार सार्वजनिक गरिएको छ। यो पुस्तक अस्ट्रेलिया र न्युजिल्यान्डमा भने केही दिनअघि सार्वजनिक गरिएको थियो। 

कोभिड–१९ को बढ्दो संक्रमण, लकडाउन, निषेधाज्ञाजस्ता कठिन परिस्थिति रहेकाले कुनै औपचारिक कार्यक्रम नगरी पुस्तक बजारमा पठाइएको फाइनप्रिन्टका नीरज भारीले बताए।  

जीवनको अस्थायीपनको किताब हो, सम्बन्धहरू। अनित्य र क्षणिकताबीच पनि प्रेम, साहस र अमरत्वको खोज हो, यो कृति। 'खुसी' पुस्तकका लागि मदन पुरस्कार विजेता लेखक विजयकुमारको यो दोस्रो कृति सिर्जनात्मक गैरआख्यान शैलीमा बुनिएको कृति हो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.