'धेरै नेपाली विज्ञलाईआकर्षित गर्न सकेन'

|

काठमाडौं : सकारले  एक वर्ष अघि 'ज्ञान पलायन’ बढेको भन्दै त्यसलाई नेपालकै हितमा प्रयोग गर्न 'ब्रेन गेन' अभियान सुरु गर्‍यो।  

विशेषगरी गैरआवासीय नेपालीको सिप र क्षमतालाई केन्द्रमा राखेर उनीहरूको ज्ञानलाई नेपालको विकासमा प्रयोग गर्न   यो अभियान सुरु गरेकाे सरकारले आफ्नो कार्य क्षमता अभिवृद्धि गरी दक्ष बनेर आफ्नो राष्ट्रलाई योगदान पुर्‍याउने उद्देश्यका साथ यो अभियान सुरु गरेकाे थियो। 

नेपालको आर्थिक तथा समग्र विकास गर्न विदेशमा रहेका नेपाली नागरिकबाट सीप, पुँजी र प्रविधि भित्र्याउन गरिएको यो अभियानले लक्ष्य बमोजिम कार्यक्रम सञ्चालन गर्न सकेकाे छैन्। 

विदेशमा रहेका नेपाली नागरिकबाट 'ब्रेन ग्रेन' प्रणालीबाट विश्वभर छरिएर रहेका नेपाली नागरिकलाई एकत्रित गर्ने उद्धेश्यले र आफ्नो मुलुकमा योगदान गर्न परराष्ट्र मन्त्रालयले २०७६ साल बैशाख २४ गते सार्वजनिक रुपमा आव्हान गरेको थियो।

मन्त्रालयको 'ब्रेन ग्रेन' परियोजनाका अनुसार विभिन्न मुलुकबाट विज्ञ नेपालीहरु ९ सय ७५ जनाले सहभागी भएकाे जनाएको छ। सरकारले विदेशमा रहेका विज्ञ र दक्ष नेपालीको लागि १९ वटा क्षेत्रमा रहेर कार्य गर्न सक्ने गरी वर्गीकरण गरेको छ।

कृषि विभाग, औद्योगीक व्यापार, इन्जिनियरिङ, प्राविधिक शिक्षालय, होटल र पर्यटन व्यवसायी, ग्रामीण सहरी विकास, जलवायुको क्षेत्र, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुन र औषधि विज्ञान लगायत विभिन्न क्षेत्रमा रहेर काम गर्नको लागि योजना निर्माण गरेको छ।

राष्ट्रप्रति आकर्षित गर्नको लागि विभिन्न योजना र अभियान सार्वजनिक भएपनि यसकाे प्रभाव भने खासै देखिएको छैन्। 

'प्रारम्भिक चरणमा रहेकोले काम बढ्दैछ'

विभिन्न समयमा पढन गएका र काम गरी विदेशमा बसेका नेपालीलाई स्वदेश फर्काउन प्रेरित गर्नलाई स्थापना गरिएको परराष्ट्र मन्त्रालय अन्तर्गतका "ब्रेन ग्रेन'का संयोजक सन्तोष गौतम बताउँछन्। प्रारम्भिक चरणमा रहेकोले यसले बिस्तारै गति लिने  गौतमको भनाइ छ। 

उनकाअनुसार विदामा आएर केही गर्न चाहनेलाई सरकारले उचित वातावरणको निर्माण गरिरहेको छ। स्वदेश आउदा नेपाल र नेपालीको लागि केही लिएर आउन पनि सरकारले अपिल गरेकाे छ। 

धेरै नेपाली दक्ष जनशक्ति विदेशमा रहेका छन् तिनिहरुको तथ्यांक संकलन गरी नेपाल भित्र विकास गर्न चाहने जुनसुकै संघ संस्थाले उनीहरुको ज्ञान, सिप तथा क्षमतालाई प्रयोग गर्न सक्ने गौतमको भनाइ छ।

'वेभ साइटमा राखिएको नामको आधारमा विज्ञहरुको विवरण तथा सम्पूर्ण जानकारी राखिएको छ,' गौतमले भने,' आवश्यक संघ संस्थाले विज्ञहरुको सिप तथा क्षमता प्रयोग गर्न सक्छन्। विज्ञले काम गरेबापत आम्दानी प्राप्त गर्ने गर्छन् राष्ट्रलाई पनि सहयोग र योगदान हुने गर्छ।'

'विदेशमा रहेका नेपालीसँग छलफल भइरहेको छ'

विदेशमा रहेका र स्वदेशमा रहेका केही दक्ष र क्षमतावान नेपालीसँग विभिन्न वेभिनार बाट छलफल गरिरहेको उनको भनाइ छ। नेपाल आएका र विदेशमा रहेका नेपालीसँग विषयगत क्षमताको आधारमा अन्तर्वार्ता लिने गरेको उनले स्पष्ट पारे।

अहिलेसम्म दर्ता भएका विज्ञहरुले विभिन्न क्षेत्रमा काम गर्ने भनी सातवटा प्रोजेक्ट बुझाइसकेको उनले बताए। उनले भने,' विज्ञ समूहले दिएका प्रोजेक्टहरू सम्बन्धित मन्त्रालयमा पेश गरिसकेका छौ। कृषि, पर्यटन तथा जलविद्युत र शिक्षाको लागि प्रोजेक्ट आएका छन्।'

अमेरिकामा रहेका धेरै नेपालीहरुले उक्त समूहमा नाम दर्ता गराएका छन्। भारत, अष्ट्रेलिया, जापान, अष्ट्रेलिया, माल्दिभ्स, थाइल्याण्ड, फ्रान्स, चीन लगायत सय भन्दा बढी राष्ट्रबाट विज्ञ समूहका नेपालीहरु समावेश भएका छन्। विज्ञ समूहमा सबैभन्दा बढी पुरुष रहेको उनले जानकारी दिए। महिला करिब १ सयको हाराहारीमा रहेका छन्।

'विज्ञ नेपालीको लागि ४ वर्षको रोजगारी ग्यारेण्टी हुनुपर्छ'

यो सुरुवाती चरण रहेकोले यसले धेरै अवसर सिर्जना प्राप्त गरेको र चुनौती पनि थपेको ग्लोबल इन्स्टिच्युट इन्टर डिसिप्लनरीका निर्देशक उत्तमबाबु श्रेष्ठ बताउँछन्। अहिलेसम्म कति नेपालीहरु विदेशबाट फर्कन चाहेका त्यसको विवरण सरकारले राख्नु पर्ने उनले बताए।

'दीर्घकालीन योजना ल्याउनुपर्छ। अल्पकालीन योजनाले केही हुन्न, केही समय गर्यौ फेरि बन्द हुनु हुदैन,' श्रेष्ठले भने,' यो कार्यक्रम लागू भएपछि कति र कस्ता नेपाली नागरिक सदाको लागि स्वदेश फर्केका छन त्यसयताका विवरण राख्नुपर्छ।' ९ सय भन्दा बढी विज्ञहरुको सहभागी हुँदा पनि किन अहिलेसम्म उपयुक्त प्रोजेक्ट बन्न सकेको छैन त्यसको अध्ययन हुनुपर्ने उनको ठहर छ।

नेपाल आइसकेपछि विज्ञहरुले चाहेको जस्तो कामहरु गर्नलाई वातावरण तयार गर्नलाई उनले सुझाव दिए। 'कम्तीमा विज्ञहरुले चाहेको ४ वर्षसम्म काम गर्नको लागि वातावरण तयार गरिनुपर्छ,' उनले भने।

परिवारसहित फर्केका हुन्छन त्यस्ता नागरिकका बालबच्चाको लागि सुविधायुक्त विद्यालय भए मात्र नेपाल बस्न सक्छन अन्यथा स्वदेशमा बस्न नसक्ने उनको दाबी छ। सरकारले सिप, क्षमता र ज्ञान भएकालाई सधै प्रोत्साहन गर्नुपर्ने उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.