|

बस्टन : अमेरिकाको न्युयोर्कका नेपाली संलग्न तीनवटा लायन्स क्लबको संयुक्त आयोजनामा भएको कार्यक्रममा ७० जनाले रक्तदान गरेका छन्।

लायन्स क्लब अफ क्विन्स बुद्ध, लायन्स क्लब अफ क्विन्स नेपालिज र लायन्स क्लब अफ क्विन्स काठमान्डुले शनिबार गरेको कार्यक्रममा अधिकार नामक संस्थाले जनगणनाका फारम भर्ने काम पनि गरेको थियो। सनिसाइट कम्युनिटी सेन्टर, सनिसाइडमा भएको उक्त रक्तदानमा सञ्जय थापाले ७४औं रक्तदान गरेका थिए।

कोरोना महामारी शुरू भएयता न्युयोर्कका नेपाली संस्थाहरूले योसहित सातवटा रक्तदान कार्यक्रम गरिसकेका छन्। सातवटा कार्यक्रममा जम्मा ४४३ जनाले रगत, प्लेट्लेट्स र प्लाज्मा दान गरेका छन्। व्यक्तिगत रूपमा रगत आदि दान गरिएको तथ्याङ्क यसमा संलग्न छैन।

नेपालबाहिर सबैभन्दा धेरै रक्तदान गर्ने व्यक्तिरूपमा चिनिएका नेपाली अर्जुनप्रसाद मैनालीले कोरोना महामारी शुरू भएयता १३ पटक रगत, प्लेट्लेट्स दान गरेर आफ्नो १८५ औं रक्तदान पूरा गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.