|

काठमाडौं : पशुपति क्षेत्र विकास कोषले ल्याएको १०० वर्षे गुरुयोजनाको विरोध गर्दै पशुपति क्षेत्रका स्थानीय बासिन्दाहरुले प्रदर्शन गरेका छन्।

पशुपति क्षेत्र आसपासका प्राचीन वस्ती विस्थापित गर्ने गरी गुरुयोजना आएको भन्दै स्थानीय बासिन्दाहरुले सोमबार पशुपति क्षेत्रमा प्रदर्शन गरेका छन्।

उनीहरुले धर्म, संस्कृति, सभ्यताको विनास हुने गरी गुरुयोजना आएको भन्दै विरोध जनाउँदै आएका छन्। पशुपति क्षेत्रमा हुने २२ वटा जात्रा र १०८ वटा पर्व पूजाबाट प्राचीन बस्ती र धार्मिक महत्त्वबीचको सम्बन्ध प्रमाणित हुने भन्दै प्राचीन वस्ती नहटाउन स्थानीयले माग गरेका पशुपति क्षेत्र संयुक्त संघर्ष समितिका संयोजक कृष्णमान श्रेष्ठले बताए।

स्थानीयले पशुपति क्षेत्र विकास कोषले लागु गर्न लागेको गुरुयोजना खारेज गर्र्न, स्थानीयसँग समन्वम नगरी एकलौटरुपमा गुरुयोजना बनाएको भन्दै सदस्य सचिव तथा पदाधिकारीहरुको राजीनामा माग गरेका छन्।

यस्तै, पशुपति क्षेत्र विकास कोष खारेज गरी स्थानीयको नेतृत्वमा नयाँ संरचना निर्माण गर्न, गुरु योजनाको नाममा भएका निर्माण कार्य र ठेक्का बन्द गर्न संघर्ष समितिको माग छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.