|

सल्यान : सल्यानका किसानहरुलाई यतिबेला धान बाली काटेर भित्र्याउने चटारो छ। किसानहरु धान काट्न, दाइँ गर्न, पराल बोक्ने काममा भ्याइनभ्याइ छ।

कोरोना डरलाई पनि कुनै वास्ता नगरी धान काट्न व्यस्त भएको कुमाख गाउँपालिका–३ का किसान हुतीराम केसीले बताए। केही दिनदेखि धान काट्न सुरु भएको हो। अधिकांश किसान स–परिवार खेतबारी मै देखिन्छन्। उनीहरुले छरछिमेक, नातागोताले पालैपालो धान काटी रहेको अर्का किसान कुमानसिहं रावतले बताए।

सल्यानमा सात हजार ७८ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आइरहेको कृषि विकास कार्यालय सल्यानले जनाएको छ। कार्यालयका अनुसार २९ हजार ३७२ मेट्रिक टन धान उत्पादन हुँदै आइरहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.