|

काठमाडौं : असोज १५ बाट दशैं-तिहारलाई लक्ष्य गरी सुपथ मूल्य पसल सञ्‍चालित छन्। देशभर ६० वटा सहुलियत मूल्य पसल सञ्‍चालनमा छन्।

उपत्यकामा कालीमाटी, कोटेश्वर, टेकु, सिंहदरबार, सतुंगल, ललितपुर, थापाथली, नक्‍खु, प्रयागपोखरी, जावलाखेल र भक्तपुमा सुपथ मूल्‍य पसल सञ्‍चालनमा छन्। साथै घुम्ती सेवा पसल र अनलाइनमार्फत उपत्यकासहित अन्य ४९ स्थानबाट र दुग्ध विकास संस्थानले लैनचौर, न्युरोड, खुमलटारका साथै तोकिएको अन्य स्थानबाट सहुलित मूल्य पसल सञ्चालनमा आएका छन्।

यद्यपि, पछिल्ला दिनहरूमा उपत्यकासहित देशभर कोरोना संक्रमितहरू तीव्र गतिमा बढिरहेको अवस्थामा सुपथ मूल्य पसलहरूमा पनि मानिसहरूको चहलपहल न्यून देखिन्थ्यो।

यी पसलमा नुन, चिनी, दाल, चामललगायत दैनिक उपभोग्य सामग्री सुपथ मूल्यमा उपलब्ध छ्न। बहिरी बजारभन्दा यी पसलमा चामल, दाल, गेडागुडी,फापर ५ रुपैयाँ छुटमा पाइन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.