|

वीरगन्ज : प्राध्यापक डा.गोविन्द केसीले उठाएका जायज माग अविलम्ब वार्ताबाट समाधान गर्नुपर्ने भन्दै नेपाली कांग्रेस पर्सा सरकारलाई दबाब दिन सडकमा ओर्लिएको छ। 

२३ औं दिनसम्म सत्याग्रहमा बसेका डा.केसीको समर्थनमा नेपाली कांग्रेस पर्सा पनि सडकमा ओर्लिएको हो। 

गुणस्तरीय स्वास्थ्य शिक्षा र सेवा भन्दै १९ औं पटक अनशनमा बसेका डा. केसीको समर्थनमा काँग्रेस पर्साका सभापति अजय कुमार द्विवेदीको नेतृत्वमा कांग्रेसका नेता तथा पूर्वमन्त्री सुरेन्द्र चौधरी सहितका नेता कार्यकर्ता वीरगन्जको घण्टाघर चौकमा प्ले कार्ड सहित ओर्लिए। 

उनीहरु मंगलबार सरकारलाई दबाब दिन २३ मिनेट रोडमा भुइँमा नै बसेर सरकारलाई दबाब दिए। बाटो नै ढाकेर बसेका उनीहरु २३ दिनको संकेत गर्दैै २३ मिनेट नै सडकमा नै धर्ना बसेका सभापति द्विवेदीले बताए।
 
माथेमा प्रतिवेदन कार्यान्वयन  

पूर्वमन्त्री चौधरीले डा. केसीले उठाएका जायज माग वाताद्वारा समाधान गर्न सरकारलाई केले छेक्यो भनी प्रश्न गरे। माथेमा आयोगले बुझाएको केसीका माग बारेको प्रतिवेदन पनि अविलम्ब कार्यान्वयन गरिनुपर्ने उनले कांग्रेसको जोड रहेको उनको भनाइ छ।
 
लोकतान्त्रिक मुलुकमा डाक्टर जस्ता बौद्धिक व्यक्तिले उठाएका जायज माग सम्बोधन गर्न सरकारलाई के को गाह्रो प्रदर्शनमा उत्रिएका नेता कार्यकर्ताले प्रश्न गरे। कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेवि संघ) पर्सा भने यो भन्दा अगाडि नै सडकमा उत्रिसकेको थियो।
  
‘डा.केसीको अनसन–मेडिकल माफियालाई टेन्सन, सरकार आफ्नो नियत सच्याउ–डा.गोविन्द केसीलाई बचाऊ र प्रहरी हाम्रो साथी हो–जनता सरकारभन्दा माथि हो' जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर कांग्रेस पर्साका नेता कार्यकर्ताले वीरगन्जको घण्टाघर चोकमा प्रदर्शन गरे। 

पर्सामा केसीको सकर्थक बढेको बढ्यै

यसअघि पनि पर्साको वीरगन्जमा नेपाल चिकित्सक संघ नारायणीले विभिन्न कार्यक्रम गरी डा. केसीको समर्थनमा सरकारलाई दबाब दिँदै आएको छ। सरकार किन बैरो हुन्छ ? आन्दोलनबाट आएको सरकारले जनताको आन्दोलनलाई कम आँके त्यो घातक हुने स्थानीय सामाजिक अभियन्ताहरुले तर्क गरे। 

डा केसीको जीवन रक्षा र जायज माग पूरा गर्नेबाहेक अरु कुनै माग नभएको नेपाली कांग्रेस पर्साका सचिव श्याम पटेलले पार्टीले प्रदर्शन गर्नुपरेको बताए। 

डा केसी जुम्लाको चन्दनाथ नगरपालिका–६ मा रहेको रानीचौरको बाविरामष्ट मन्दिरमा भदौ २९ बाट १९ औं अनशन बसेका हुन्। उनको स्वास्थ्य विग्रन थालेपछि सुरक्षाकर्मीको सहायताबाट काठमाडौं ल्याई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ। 


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.