|

संखुवासभा। संखुवासभाको उत्तरी सीमा क्षेत्र किमाथांका नाकामा सशस्त्र प्रहरीको सीमा सुरक्षा पोस्ट (बिओपी) भवन शिलान्यास भएको छ। बधुबार किमाथांका नाकामा भवनको शिलान्यास संस्कृति, पर्यटन तथा नागरिक उड्ययमन्त्री योगेश भट्टराईले गरेका हुन्। 

चीनसँग सीमा जोडिएको भोटखोला गाउँपालिका–१ किमाथांकामा ६ करोड ६८ लाख २६ हजार रुपैयाँ लागतमा भवन निर्माण गर्न लागिएको सशस्त्र प्रहरीका अरुण गुल्मपति डिएसपी विशाल सिलवालले बताए। 

सीमा अतिक्रमण बढेपछि गृहमन्त्रालयको निर्देशनमा चीनको सीमावर्ती क्षेत्र किमाथांका नाकामा ९ महिनाअघि नै सीमा सुरक्षा पोस्ट स्थापना गरिएको थियो। 

यहाँ प्रहरी निरीक्षक लोकनाथ उप्रेतीको कमाण्डमा २८ जनाको टोेली बसेको छ। आफ्नै भवन नहुँदा भाडाको साँघुरो घरमा सुरक्षाकर्मीहरु बसिरहेका थिए। पोस्टमा आवश्यक बन्दोबस्तीका सामानसहित सशस्त्र प्रहरीलाई हेलिकोप्टरबाट नै पुर्‍याइएको थियो। 

भवन उद्घाटनसँगै सीमाको निरीक्षणमा गृहसचिव महेश्वर न्यौपाने, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल, नेपाल प्रहरीका प्रमुख महानिरीक्षक शैलेश थापा क्षत्री, प्रमुख जिल्ला अधिकारी जीवन प्रसाद आचार्य, जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख डिएस्पी नवराज मल्ल सहितका स्तर सुरक्षा निकायका प्रमुखहरु किमाथांका पुगेका थिए। 
उत्तरी क्षेत्रको सिमामा ठूलो सरकारी भवन बन्ने भएपछि स्थानीय खुसी भएका छन्। 

सशस्त्र द्वन्द्वसँगै विस्थापित भएर सदरमुकाम आएर बसेको भन्सार कार्यालय विभिन्न बहाना बनाउँदै सदरमुकाम खाँदबारीमा बसिरहेको छ।
 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.