|

भक्तपुर : गजल गायक तथा संगीतकार राज सागर र गजलकार एवं सञ्चारकर्मी विकास प्रहरको दोस्रो गजल ‘बहुलाएँ म’को म्युजिक भिडियो सार्वजनिक भएको छ। यसअघि उनीहरुको गजल ‘रक्तलाली’ बजारमा आइसकेको छ।

‘बहुलाएँ म’को संगीत संयोजन किरण कणेलको रहेको छ। म्युजिक भिडियोलाई रञ्जिता शिवाकोटीले निर्देशन गरेकी हुन्। गजल गायक राज सागरको पहिलो रेकर्डिङ्ग भएको गजल हो।

भिडियोमा सहनिर्देशन आकाश उखेडाले गरेका छन् भने नृत्य निर्देशन प्रख्यात घिमिरेको रहेको छ। भिडियोलाई छायाँकन सुजय गौतमले गरेका छन्। भिडियोको सम्पादन प्रज्वलित पराजुलिको रहेको छ।

भिडियोमा प्रकृति खतिवडा, आर्शु महर्जन, बिनिता पाण्डे, अरुण खड्का, सागर भट्टको अभियन रहेको छ। भिडियोमा स्वार्थमा हुर्कने प्रेम सम्बन्धले दिगो रुप लिन नसक्ने देखाइएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.