|

काठमाडौं : नेपालीहरूको विशेष चाड दशैँ तिहार नजिकिँदै गर्दा उपत्यकामा धान काट्ने चटारो शुरू भएको छ। दशैँअघि धान बाली भित्र्याएर पर्व मनाउनका लागि अहिले टोखाका किसान निकै व्यस्त देखिन्छन।​​

सामान्यतया: अधिकांश वर्षहरूमा दशैँ यो बेला सकिइसकेको हुन्थ्यो। दशैँपछि आरामले घान भित्र्याउने किसानहरूलाई यसपटक भने चाडबाड र खेती थन्क्याउने चटारो एकैपटक परेको छ।

अहिले टोखाका किसानहरू खेतमै  व्यस्त छन्‌। बिहानको १० बजे निस्किएका उनीहरू साँझको ६ बजे मात्र घर फर्किने गर्छन्‌। यो पटक दशैँ मनाउन हतार-हतार बाली भित्र्याउनु परेको किसानहरू बताउँछन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.