|

नवलपरासी : पार्टिभित्र अनुशासन कायम भएकै कारण नेकपाले दुईतिहाइ मत प्राप्त गर्न सफल भएको लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले बताएका छन्।

पश्चिम नवलपरासीको बर्दघाटमा राष्ट्रिय युवा संघ नेपालको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले अनुशासनले पार्टीलाई दिगोपना दिने बताएका छन्।

प्रदेश राजधानीको विषयलाई प्रदेश सभामा कुर्सीदेखि मुख्यमन्त्री, विषयगत समितिका सभापतिको गाडी तोडफोड गरी प्रमुख प्रतिपक्ष दल कांग्रेसले अनुशासन गुमाइरहँदा नेकपाले भने संयमता अपनाएर अनुशासन कायम गरेको मन्त्री चौधरीले दाबी गरेका छन्।

प्रदेशको नामको विषयमा कसैको विरोध नभए पनि राजधानीको विषयमा भने अधिकांशको चाहना बुटवल नै होस् भन्ने रहेको र आफ्नो पनि राजधानी बुटवल नै हुनुपर्छ भन्ने धारणा रहेको चौधरीले बताए।

प्रदेशको नाम र राजधानीको विषय टुंगो लगाउन संवैधानिक व्यवस्थाअनुसार प्रदेश सभाको दुई तिहाइ मत अनिवार्य भएकोले बुटवलको पक्षमा पनि दुई तिहाइ प्राप्त हुने अवस्था नरहेकोले पनि पार्टीले ह्विप जारी गर्न आफूले नै मुख्यमन्त्रीलाई सुझाएको पनि चौधरीले बताएका थिए।

प्रदेश सभाका अधिकांश सदस्य बुटवलकै पक्षमा रहँदा दाङको राप्ती उपत्यकाका लागि सम्भावना नहुँदा नहुँदै पनि पार्टीको निर्णय र ह्विपकै कारण नेकपाका प्रदेश सभा सदस्यहरुले दाङकै पक्षमा मतदान गरेको पनि चौधरीले बताएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.