|

मुगु : अन्तरराष्ट्रिय किशोरी दिवसका दिन आइतबार मुगुको रारा ताल किनारमा कचहरी बसेको छ।

जिल्लामा सञ्चालित एक गैर सरकारी संस्था कर्णाली ग्रामिण उत्थान तथा समाज विकास केन्द्र (सिडिएस पार्क) ले अन्तरराष्ट्रिय किशोरी दिवसका अवसरमा विभिन्न कार्यक्रम मनाउने क्रममा रारा तालमा कचहरी कार्यक्रम राखेको हो। यौन तथा प्रजनन अधिकारका विषयमा कचहरी गरिएको हो।

अन्तरराष्ट्रिय किशोरी दिवस विश्वभरी मनाइने गरिएपनि मुगुमा कसैलाई थाहा नहुने हुँदा यसबारे सन्देश दिन राराको मुर्माटपमा कचहरी कार्यक्रमको आयोजना गरिएको आयोजक संस्था सिडिएस पार्क, मुगुका अध्यक्ष अज बहादुर शाहीले जानकारी दिए। किशोरीका हकहित निम्ति वकालत गर्नुपर्छ भन्ने मान्यताका साथ कचहरी कार्यक्रको आयोजना गरिएको उनको भनाइ छ।

सो कचहरीमा मिडियाकर्मी र किशोरीहरूसँग यौन तथा प्रजनन अधिकारका विषयमा सवाल जवाफ गरिएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.