|

सर्लाही : रोग, कीराको प्रकोपले सर्लाहीमा यस वर्ष धान उत्पादन घट्ने  अनुमान गरिएको छ। रोग, कीराको प्रकोप देखिएकाले उत्पादनमा असर पर्ने देखिएको कृषि ज्ञान केन्द्र, मलंगवाले जनाएको हो।

अधिकांश क्षेत्रका गवारो कीराको प्रकोपले धानको बाला सुक्ने समस्या अत्यधिक मात्रामा देखिएको छ। यस्तै, उन्नत जातको धान रोपिएका कतिपय ठाउँमा दाना नलाग्ने समस्या देखिएको किसानहरुले बताएका छन्। कृषि ज्ञान केन्द्र, मलंगवाका निमित्त प्रमुख देवानन्द यादवले यस वर्ष धान खेती हुने सबैजसो फाँटमा रोपाइँ भए पनि धेरैजसो ठाउँमा रोग, कीराको प्रकोप देखिएकाले उत्पादनमा असर पारेको बताए। के कति मात्रामा उत्पादनमा असर गर्यो भन्ने विवरण स्थानीय तहहरुको कृषि विकास शाखामार्फत लिन बाँकी नै जानकारी दिए।

यो वर्ष कोरोना संक्रमणकै बीच महँगो मलखाद प्रयोग गरी रोपिएको धान बालीमा रोगको प्रकोप देखिँदा किसानहरु चिन्तित भएका छन्। मुखैमा आइसकेको बालीमा अन्तिम समयमा आएर रोग, कीराको प्रकोप देखिएको बागमती नगरपालिका–१० शंकरपुरका किसान सुशील आचार्यले गुनासो गरे। धानको उत्पादन राम्रो नहुँदा खेती भएका किसानले समेत चामल किन्नुपर्ने अवस्था आएको किसानको गुनासो छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.