मिडिय हाउसको शोषणविरुद्ध निरन्तर आन्दोलन

|

काठमाडौं : कोरोनाले निम्त्याएको संकटको बहानामा जागिरबाट निकालिएका पत्रकारहरुको पक्षमा मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि प्रदर्शन गरिएको छ। 

कामबाट निकालिएका पत्रकारको पुनर्बहाली र पारिश्रमिक माग गर्दै पत्रकारहरूले प्रधानमन्त्री निवास बालुवाटार बाहिरको सडकमा थाल ठटाएर प्रदर्शन गरेका हुन्।

केही सातादेखि निरन्तर आन्दोलित पत्रकारहरुले नेपाल पत्रकार महासंघको नेतृत्वमा बालुवाटारमा थाल ठटाएर सरकारलाई जगाउने कोसिस गरेका हुन्। 

मिडिया हाउसहरुबाट आफूहरु शोषित भइरहँदा पनि सरकारले नसुनेको भन्दै उनीहरुले थाल ठटाएर सांकेतिक प्रदर्शन गरेका हुन्। 

उक्त प्रदर्शनमा नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्ट, सचिव रामप्रसाद दाहाल, केन्द्रीय सदस्य गोविन्द चौलागाईं र पत्रकार जन्मदेव जैसीसहित सहभागी थिए। 

संघर्ष समितिको नेतृत्व गरिरहेका जैसीले दशैं सकिएपछि मिडिया हाउसविरुद्ध अझै कडा आन्दोलन गरिने चेतावनी दिएका छन्। ​

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.