|
फाइल फोटो ।

नवलपरासी : असोज महिना शुरू भएसँगै विद्यार्थीहरूको अभिलेखीकरण गरी खुलेका पश्चिम नवलपरासीका निजी तथा सामुदायिक विद्यालयहरू फेरी धमाधम बन्द हुन थालेका छन्।

पछिल्ला दिनमा देशभर कोरोना संक्रमणको दर उच्च हुँदै गएको र पश्चिम नवलपरासीमा पनि हरेक दिन जसो संक्रमित बढ्न थालेपछि यहाँका विद्यालयहरू पुन: बन्द गर्न थालिएको हो।

कोरोना कहरकै बीच सरकारले वैकल्पिक शिक्षाका लागि निर्देशिका जारी गरेपछि असोजबाट यहाँका विद्यालयहरूले विद्यार्थीहरूको अभिलेखीकरण थालेका थिए। निर्देशिकामा उल्लेख भए बमोजिमका वैकल्पिक अध्ययन विधिमा सबैको पहुँच नपुगेको भन्दै विद्यालयलाई नै सिकाई केन्द्रमा ल्याई कतिपय विद्यालयले फरक-फरक समयमा फरक-फरक कक्षाको पढाई संचालन गरेका थिए। कतिपय विद्यालयले जोर-बिजोर प्रणालीअनुसार शिक्षण सिकाई क्रियाकलाप अगाडि बढाएका थिए।

यहाँका स्थानीय तहहरूले सिकाई सहजीकरणका लागि संचालनमा आएका सिकाई केन्द्र तथा विद्यालयहरू अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको सूचना जारी गर्न थालेका छन्।

जिल्लाका सुनवल नगरपालिका र बर्दघाट नगरपालिकाले आफ्नो नगरपालिकाभित्र रहेका विद्यालयहरूमा पठनपाठन बन्द भएको सूचना जारी गरेका छन्। सुनवलमा गत आइतबारदेखि नै पठनपाठन रोकिएको छ भने बर्दघाट नगरपालिकामा बुधबार (आज) देखि सबै विद्यालयहरू बन्द गरिँदैछ।

स्थानीय तहहरूले जारी गरेको सूचनामा विद्यार्थीहरूको प्रत्यक्ष उपस्थितिमा हुने कक्षा संचालन बन्द गरिएपनि अन्य वैकल्पिक विधिबाट हुँदै आएको सिकाई प्रकृयालाई निरन्तरता दिन सकिने उल्लेख छ।

सुनवल नगरपालिकाले जारी गरेको सूचना :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.