|

मनाङ : मनाङको मनाङ ङिस्याङ गाउँपालिकाअन्तर्गतका होटल तत्कालै नखोलिने भएको छ। गाउँपालिकामा रहेको पिसाङ, ङावल, हुम्दे, भ्राका, टंकी गाउँ, टंकी मनाङ, घ्यारु र खाङसारका होटलहरू तत्काल नखुल्ने भएका हुन्। 

कोरोना संक्रमण बढेकाले ​अहिलेको अवस्थामा होटल व्यवसाय सञ्चालन गर्न नसकिने व्यवसायी तथा सरोकारवालाले बताएका छन्। मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेको अध्यक्षतामा बसेको सरोकारवालाको बैठकले कोभिड–१९ भाइरसको जोखिम बढेकाले तत्कालको अवस्थामा होटल सञ्चालन गर्न नसक्ने निश्कर्ष निकालेको हो।

मनाङका पर्यटन व्यवसायी, समाजसेवी र स्थानीयले अहिलेकै अवस्थामा होटल खुल्न नसक्ने निष्कर्ष निकालेका हुन्। जिल्ला समन्वय समिति मनाङले जिल्लाका होटल खोल्ने या नखोल्नेबारे सरोकारवाला निकायसँग छलफल गर्दा नखोल्ने भन्नेमा बहुमत भएपछि अर्को निर्णय नभएसम्म नखुल्ने निर्णय भएको यती होटलका सञ्चालक विनोद गुरुङले बताए।

मन्त्रिपरिषद्को बैठकले आन्तरिक हवाई उडान, लामो दूरीको यातायात तथा होटल आवश्यक सुरक्षा मापदण्ड अपनाउँदै सञ्चालनमा ल्याउनसक्ने निर्णय गरेको छ।

मनाङका पर्यटन व्यवसायी यती होटलका सञ्चालक विनोद गुरुङले सरकारले तोकेको सावधानीका उपायहरू अपनाएर पीसीआर रिपोर्ट नेगेटिभ ल्याएमा दसैँ–तिहारमा आन्तरिक पर्यटकहरूलाई मनाङ भित्रन दिने व्यवस्था मिलाउनुपर्ने र यसो गर्दा महामारीले धरासायी बनेको पर्यटन व्यवसाय केही भए पनि उकालो लाग्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.