|

जाजरकोट : जाजरकोटमै सुन्तला, जुनारको जुस उत्पादनका लागि गृहकार्य शुरू गरिएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (सुन्तला जोन) जाजरकोटको सहयोगमा रातो पाण्डा कृषि सहकारी संस्था लिमिटेडले सदरमुकाममा जुस उत्पादन कार्य शुरू गर्न लागेको हो। 

भेर्या, कुशे, नलगाड र छेडागाड सुन्तला र जुनारको पकेट क्षेत्रको रुपमा रहेको छ। जिल्लाको कुशे गाउँपालिकाको दम्दाला, डाडागाउँमा भारी मात्रामा सुन्तला खेती हुँदै आएको छ। सुन्तला बिक्रीबाट मात्र यहाँका कृषकहरूले करोडौँ रुपैयाँ आम्दानी गर्दै आएका छन्।

मध्यपहाड रहेको जाजरकोटमा सुन्तला जोन विस्तारसँगै परम्परागत रुपमा सुन्तला खेती गर्दै आएका कृषकहरूलाई राहत पुगेको छ। विभिन्‍न थरीका रोग तथा अन्य कारणले सुन्तलामा हुँदै आएको हानीसमेत हल गर्न सहयोग पुगेको कृषक भक्तबहादुर ओलीले जानकारी दिए। 

स्थानीय उत्पादनलाई जोड दिई कृषकलाई आत्मनिर्भर बनाउन सवै खालको सम्भावनाको खोजी गरि कामहरू तिव्र गतीमा भइरहेको जोन कार्यालयका प्रमुख पिताम्बर बस्नेतले जानकारी दिए। वर्षेनी नयाँ आधुनिक घार र प्राविधि सहितको सामग्री कृषकलाई उपलब्ध गराउँदै जोन कार्यालयले उत्पादन वृद्धिका साथै नयाँ विधिको प्रयोग समेत बढाएको प्रमुख बस्नेतले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.