|

सर्लाही : दसैं, तिहारको किनमेलका लागि सर्लाहीको ग्रामीण भेगका सर्वसाधारणको बजारमा ओइरो लाग्न थालेको छ। 

जिल्लाको उत्तरी भेगका प्रमुख दुई व्यापारिक केन्द्र लालबन्दी र हरिवन बजारसम्म किनमेलका लागि यात्रु ओसारपसार गर्न यतिबेला सवारी साधनलाई भ्याइनभ्याई छ। दसैं नजकिएसँगै बजारमा मानिसहरुको चलहपहल एक्कासि बढ्न थालेको छ। 

सोमवार र बिहीबार लाग्ने लालबन्दी बजार र बुधबार र शनिबार बजार लाग्ने हरिवन बजारमा दशैंका लागि मरमसला, लुगाफाटा र खसीबोका किन्नेको अत्यधिक भीड लाग्न थालेको हो।

लालबन्दीमा किनमेलका लागि लालबन्दी नगरपालिका र ईश्वरपुर नगरपालिकाका अधिकांश क्षेत्र तथा सिन्धुलीको मरिण र महोत्तरीको खयरमारा र हरिवन बजारमा हरिवन नगरपालिका र बागमती नगरपालिका लगायत सिन्धुलीको हरिहरपुरगढी र रौतहटका  बासिन्दा समेत आउने गरेका छन्।

लालबन्दी, हरिवन र बागमतीको कर्मैर्याबाट सर्लाहीको चुरे र सिन्धुलीको विभिन्न गाउँतर्फ जाने गाडी सञ्चालनमा आएपछि बजारमा चहलपहल झनै बढेको हो।

यस्तै लालबन्दी र हरिवनबाहेक पूर्वी भेगको बयलवास र पश्चिमी भेगको बरहथवा लगायत जिल्लाको अन्य हाटबजारमा पनि किनमेल गर्नेहरुको घुइँचो बढ्न थालेको व्यापारीहरुले बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.