नागरिक संवेदनशील नभएसम्म कोरोना रोकिँदैन

|

काठमाडौं : सरकारले काठमाडौंसहितका सहरी क्षेत्रका बजारमा देखिएको भीडले झन् ठूलो संकट ल्याउने बताएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिडसम्बन्धी नियमित मिडिया ब्रिफिङमा प्रवक्ता प्राध्यापक डाक्टर जागेश्‍वर गौतमले यस्तो बताएका हुन्।

उनले कोरोना संक्रमण दिन दिनै बढिहेको बताउँदै दशैंतिहारका नाममा बजारमा किनमेलका नाममा भइरहेको भीडले अर्को संकट ल्याइरहेको उल्लेख गरे। 

'कोरोना संक्रमण अहिले झन् धेरै बढिरहेको छ। अस्पतालहरुमा एकै पटक हुल बाँधेर जाने सामान किन्‍ने हाम्रो बानी अझै हटेन', गौतमले भने, 'सामाजिक दूरी कायम गर्ने, मास्क लगाउने र बेलाबेला साबुन पानीले हात धुने नगरिए ज्यान बचाउन मुस्किल पर्छ।'

दशैं नजिकिँदा बजारमा ठूलो भीड बढ्दा सरकारला चकित परेको उनले बताए। 'दशैं नजिकिँदा बजारमा भीड बढेको छ। मानिसहरुको हुल देख्दा हामी अचम्म मात्रै नभइ चिन्तित पनि छौं', उनले भने, 'कोरोना आफैं आउँदैन, मान्छेले नै लिएर आउने हुन्।' 

कोरोना संक्रमणलाई नियन्त्रण गर्नका लागि घरमै बसेर दशैं मनाउन पनि उनले आग्रह गरे। 'कोरोना रोक्ने हो भने घरमै बसेर दशैं मनाऊँ', उनले भने, 'हरेक व्यक्ति सचेत र संवेदनशील नभएसम्म कोरोना संक्रमणलाई नियन्त्रण गर्न सकिँदैन।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.