|

काठमाडौं : सरकराले रोगी, गर्भवती र ६० वर्षमाथिका मानिसहरुलाई घर बाहिर ननिस्किन अपिल गरेको छ। कोरोनाले महामारीको रुप लिएर सक्रिय संक्रमितको संख्या ३७ हजार ३ सय ८२ पुगेको अवस्थामा सरकारले दीर्घ रोगी, गर्भवती र वृद्धवृद्धालाई घर बाहिर निस्कँदै ननिस्किन भनेको हो। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्‍वर गौतमले ६० वर्षमाथिका, गर्भवती, बालबालिका क्यान्सर मिर्गौलाका रोगीहरुको हकमा काठमाडौं उपत्यका लगायत घनाबस्ती भएका ठाउँमा घरबाट बाहिर ननिस्कन आग्रह गरे ।

'त्यस समूहका मानिसहरु घर बाहिर जाँदै नजानू, घरका मानिसहरु उनीहरुको सम्पर्कमा नआउनू', उनले भने, 'यसो गर्न सकिएमा उनीहरुलाई कोरोनाको जोखिमबाट जोगाउन सकिन्छ।'
 
प्रवक्ता गौतमले टोल, छिमेक वा गाउँमा कोही नयाँ मानिस आएमा अनिवार्य सात दिन क्‍वारेन्टाइनमा राख्‍न पनि आग्रह गरेका छन्। 'टोल, छिमेकी वा गाउँमा नयाँ मानिस आएको छ भने त्यस्ता व्यक्तिहरुलाई अनिवार्य सात दिन क्‍वारेन्टाइनमा राख्‍नू', उनले अगाडि भने, 'संक्रमण देखिएर आइसोलेसनमा बसेकाहरु घर बाहिर निस्किन सक्ने भएकाले अन्य व्यक्तिलाई पनि संक्रमण सर्न सक्छ। यसमा ध्यान दिँदै प्रहरीलाई खबर गरिदिनु होला।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.