|

काठमाडौं : अभिनेता पुष्प खड्का अभिनित म्युजिक भिडियो निरन्तर सार्वजनिक भइरहेका छन्। यस्तैमा, शुक्रबार पुष्प अभिनित नयाँ मार्मिक म्युजिक भिडियो बजारमा आएको छ।

‘छुट्नै पो रैछ क्यारे’ बोलको म्युजिक भिडियोमा पुष्पसँगै जानु पोखरेलको पनि अभिनय रहेको छ।

निकै मार्मिक शैलीको यस गीतमा थानेश्वर गौतम र शान्तिश्री परियारले स्वर दिएका छन्। प्रभा बर्तौलालले लेखेको यस गीतमा संगीत पनि गायक गौतमले नै भरेका छन्।

गीतको भिडियो पनि निकै मार्मिक बनाइएको छ। एक सच्चा प्रेम घर-परिवारका कारण बीचैमा छुट्नुपर्दा हुने पीडालाई भिडियोमा देखाइएको छ।

तीन दिन लगाएर खिचिएको यस भिडियोलाई कलाकार तथा निर्देशक माओत्से गुरुङले निर्देशन गरेका हुन्। भिडियोको छायांकन तथा सम्पादन खीम बहादुर गुरुङले गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.