|

चितवन : चितवनको खैरहनी नगरपालिका-१२ का वडा सदस्य बद्रीबहादुर पाण्डे र सोही नगरपालिका-६ की ६८ वर्षीया महिलाको कोरोना संक्रमणपश्चात निधन भएको छ।

पाण्डेको भरतपुर अस्पतालमा र अर्की महिलाको चितवन मेडिकल कलेजमा निधन भएको हो।

४१ वर्षीय पाण्डेमा दुई दिनअघि संक्रमण पुष्टि भएको थियो। उनी क्यान्सरसँग पनि जुधिरहेका थिए। गत स्थानीय निर्वाचनमा पाण्डे नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनी विजयी भएका हुन्‌।

​चितवन मेडिकल कलेजमा ज्यान गुमाएकी महिला असोज २४ गते उपचारका लागि त्यहाँ पुगेकी थिइन्‌। उनमा असोज २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.