|

काठमाडौं : युएईमा जारी १३औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध राजस्थान रोयल्सले आज टस जितेर ब्याटिङ रोजेको छ।

यी दुई टिमबीचको खेल ३ः४५ बजेदेखि अबुधबामीमा सुरु हुँदैछ। बेंग्लोरले प्लेइङ-११ मा आज दुई खेलाडी परिवर्तन गरेको छ। उसले मोहम्मद सिराज र शिवम दुबेलाई विश्राम दिँदै गुरकित सिंह र शाहबाज अहमदलाई मौका दिएको छ।

राजस्थानले भने अघिल्लो खेलकै प्लेइङ सेटलाई निरन्तरता दिएको छ। दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा विराट कोहलीको कप्तानीमा रहेको बैंग्लोर छैठौँ जितको खोजीमा हुनेछ। 

अघिल्ला ८ खेलमा बैंग्लोरले ५ जितसहित १० अंक जोडेको छ। बैंग्लोर अंक तालिकाको तेस्रो स्थानमा छ। बैंग्लोर राजस्थानलाई हराएर शीर्ष दुईभित्र उक्लन चाहन्छ।

उता स्टिभ स्मिथको कप्तानीमा रहेको राजस्थान पनि बैंग्लोरलाई हराएर चौंथो जित निकाल्न चाहन्छ। ८ खेलमा ६ अंक जोडेको राजस्थान पुछारबाट दोस्रो स्थानमा छ।

बैंग्लोरलाई हराएर राजस्थान अंक तालिका सुधार गर्ने लक्ष्यमा हुनेछ। साथै राजस्थान यसै सिजनको पहिलो भेटमा व्यहोरेको हारको बदलासमेत लिन चाहन्छ। यसै सिजनको पहिलो भेटमा बैंगलोरले राजस्थानलाई ८ विकेटले हराएको थियो।

बेंग्लोरको प्लेइङ ११ ​

आरोन फिन्च, देवदत्त पाडिक्कल, विराट कोहली (कप्तान), एबी डिविलियर्स, गुरकित सिंह, शाहबाज अहमद, वाशिङटन सुन्दर, क्रिस मोरिस, ईसुरु उडाना, नवदीप सैनी र युजवेन्द्र चहल

राजस्थानको प्लेइङ ११

जोस बटलर, बेन स्टोक्स, स्टिभ स्मिथ (कप्तान), सञ्जु सामसन, रोबिन उथप्पा, रियान पराग, राहुल तेवटिया, जोफ्रा आर्चर, श्रेयस गोपाल, कार्तिक त्यागी र जयदेव उदानकट

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.