|

महोत्तरी : विजयादशमीको पहिलो दिन आज शक्तिपीठहरुा कलश स्थापना गरी घटस्थापना गरिएको छ। कोरोना महामारीका कारण यस वर्षको दसैं भने सबैका लागि एकै समाना हुने छैन। 

जनस्वास्थ्यको मापदण्ड पालना गरी विजयादशमीको पहिलो दिन आज देशभरका दुर्गा मन्दिरहरुमा कलश स्थापना गरिएका छन्। घटस्थापनाको अवसरमा महोत्तरीको बर्दिबास-९  मा आज  कलश यात्रा निकालिएको छ । 

बर्दिबास–९ मा रहेको दुर्गा मन्दिरको प्रांगणबाट सयौंको संख्यामा बाजागाजासहित निस्किएको भव्य कलश यात्रा नगरको विभिन्न भागको परिक्रमा गर्दै स्थानीय  खोलामा राखिएको कलशमा जलभरि मन्दिरमा कलश स्थापित गरिएको मेला समितिले जनाएको छ । 

स्वास्थ्य मन्त्रालयले यस पटकको चाडबाडमा भीडभाड नगरी जो जहाँ छन्, त्यहीँ मनाउन आग्रह गर्दै आएको छ। 

सबै फोटो महोत्तरी थाहाखबर संवाददाता सुरेन्द्र सिंहले खिचेका हुन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.