|

काठमाडौं : हालसम्म देशभर सक्रिय कोरोना भाइरस ( कोभिड १९) संक्रमितको संख्या ३८ हजार ७ सय ३७ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले पछिल्लो विवरण अनुसार हाल देशभर ३८ हजार ७ सय ३७ जना संक्रिय कोभिड संक्रमित रहेको बताए।

यस्तै पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार १ सय ६७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। मन्त्रालयका अनुसार देशभरका बिभिन्न प्रयोगशालामा १५हजार ४ सय ३८ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप ३ हजार १ सय ६७ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

यो संगै नेपालमा कुल संक्रमितको संख्या १ लाख २९ हजार ३ सय ४ पुगेको छ। त्यसैगरी पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ८ सय जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । योसहित डिस्चार्ज हुनेको कुल संख्या ८९ हजार ८४० पुगेको छ ।

देशभरका क्वारेन्टाइनमा ४ हजार ७ सय १५ जना रहेका छन्। होम आइसोलेसनमा २५ हजार ४३८ रहेका छन्। संस्थागत आइसोलेसनमा १३ हजार २ सय ९९ छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.