आइसोलेसनमा जान मानेका थिएनन्
आइसोलेसनमा जान मानेका थिएनन्
संखुवासभा : संखुवासभामा पहिलो पटक कोरोना संक्रमितको घरैमा मृत्यू भएको छ। कोरोना संक्रमणका कारण धर्मदेवी नगरपालिकाका–३ का ७९ वर्षीय पारथमणि पौडेलको शनिबार मृत्यु भएको स्वास्थ्य प्रमुख रमेश बाह्रकोटीले जानकारी दिए ।
विराटनगरबाट घर फर्किएका उनका छोरालाई संक्रमण देखिएपछि बुबाको पनि गत असोज २८ गते पिसिआर परिक्षणका लागि पठाइएको थियो ।
विहीबार आएको रिर्पोटमा पौडेल पनि संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । पौडेललाई संक्रमण देखिएपछि एम्बुलेन्स उनको घरमा गए पनि आइसोलेसनमा जान मानेका थिएनन्।
आइसोलेसनमा नगएका पौडेलको घरमै मृत्यु भएको हो । कोरोना संक्रमित वृद्धको शव नेपाली सेना गर्न जिल्ला स्वास्थ्य कार्यालय सङ्खुवासभाले जनाएको छ ।
कोरोना संक्रमितको शवलाई पिलुवाखोला ब्यवस्थापन गर्न धर्मदेवी नगरपालिकाले जनाएको छ। जिल्लामा हालसम्म १ सय १५ जना कोरोना संक्रमण देखिएको छ । हाल सम्म ८१ जना निको भएर घर फर्किसकेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।