|

काभ्रे : कोरोना संक्रमणबाट काभ्रेमा एक बृद्धको मृत्यु भएको छ। जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार बनेपा नगरपालिकाका ७३ वर्षीय संक्रमित वृद्धको धुलिखेल सामुदायिक अस्पतालमा उपचारका क्रममा शनिबार मृत्यु भएको हो। 

शनिबार एक जनाको मृत्यु भएसँगै काभ्रेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ। जसमध्ये ८ पुरुष र ५ महिला रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। यस्तै, अन्यत्र जिल्लाबाट काभ्रेमा विभिन्न कामका लागि आएकामध्ये पनि ५ जनाको मृत्यु भएको छ। 

निषेधाज्ञापछि बनेपा जिल्लाकै धेरै संक्रमित हुने क्षेत्र बनेको छ। काभ्रेका अन्यत्रको स्थिति हेर्दा सबैभन्दा धरै संक्रमित बनेपामै छन्। जिल्लाभरका कूल संक्रमितमध्ये बनेपामा मात्रै ३५ प्रतिशत संक्रमित रहेको डा. झाले बताए। 

संक्रमितको संख्या घट्यो

अन्य दिनको तुलनामा शनिबार भने नयाँ संक्रमित निकै कम थपिएका छन्। पछिल्लो २४ घण्टामा जिल्लामा जम्मा पाँच जना संक्रमित थपिएका छन्। अन्य दिनको संक्रमित दर हेर्ने हो भने, दैनिक कम्तिमा ३०-५८ जनासम्म थपिएको रेकर्ड छ। 

शनिबार थपिएका नयाँ संक्रमितमध्ये धुलिखेलका ४ र नमोबुद्धका एक जना हुन्। योसँगै जिल्लामा कूल संक्रमितको संख्या १ हजार दुईसय १० पुगेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.