|

काठमाडौं : न्यूजिल्याण्डमा भएको आमनिर्वाचनमा प्रधानमन्त्री जसिन्डा आर्डरन को सत्ताधारी लेबर पार्टीले ऐतिहासिक जीत हासिल गरेको छ। 
अधिकांश मतहरू गणना भइसक्दा उनको दल लेबर पार्टीले ४९ प्रतिशत मत प्राप्त गरेको छ।

योसँगै उनले संसद्‌मा अधिक बहुमत हासिल गर्ने अपेक्षा गरिएको छ। विपक्षी मध्य दक्षिणपन्थी नेशनल पार्टीले २७ प्रतिशत मत पाएको छ । उसले चुनावमा पराजय स्वीकारिसकेको छ।

गत सेप्टेम्बर महिनामै आमनिर्वाचन हुने तय भएको थियो । तर देशमा दोहोर्‍याएर कोरोनाभाइरस महामारी फैलिएपछि एक महिना पर सारिएको थियो। निर्वाचन आयोगका अनुसार लेबर पार्टीले ४९ प्रतिशत, नेशनल पार्टीले २७ प्रतिशत, एक्ट न्यूजिल्यान्ड र ग्रीन पार्टीजले ८ प्रतिशत मत पाएका छन्।

'न्यूजिल्यान्डले करिब ५० वर्षमा लेबर पार्टीप्रति सबैभन्दा ठूलो समर्थन जनाएको छ', जितपछि समर्थकहरूलाई आर्डर्नले भनिन्। 'सधैँ यस्तै हुनेछ भन्ने हिसाबले हामी अगाडि बढ्नेछैनौँ। म प्रतिबद्धता जनाउन चाहन्छु कि हामी यस्तो पार्टीको रूपमा अघि बढ्नेछौँ जसले न्यूजिल्यान्डका हरेक बासिन्दाका लागि शासन गर्नेछ।'

नेशनल पार्टीकी नेत्री जुडिथ कोलिन्सले आर्डर्नलाई बधाई दिएकी छन् र आफ्नो दल 'जीवन्त प्रतिपक्षी' बन्ने प्रतिबद्धता जनाएकी छन्। 

आर्डर्नको लेबर पार्टीले ६४ सिट ल्याउने अनुमान गरिएको छ जुन संसद्‌मा बहुमतका लागि पर्याप्त हुनेछ। सन् १९९६ मा न्यूजिल्यान्डमा 'मिक्स्ड मेम्बर प्रोपोर्श्नल रिप्रेजेन्टेशन' (एमएमपी) प्रणाली लागु भएयता कुनै पनि दलले यसरी मत ल्याउन सकेको थिएन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.