|

विवादित नागोर्नो काराबाख क्षेत्रमा युद्धरत आर्मेनिया र अजरबैजानबीच भएको मानवीय युद्धविराम सम्झौता चार मिनेटमै तोडिएको छ। २१ दिनदेखि जारी युद्ध रोक्न दुई देश शनिबार सहमत भएका थिए। 

आर्मेनिया र अजरबैजानबीच मानवीय युद्धविराम घोषणा

आर्मेनियाका रक्षा प्रवक्ताले युद्धविराम लागू भएको चार मिनेटमै अजरबैजानले गोली गोलाबारी गरेको र विस्फोटक रकेट हानेको बताएका छन्। अजरबैजानले भने आर्मेनियाले लगाएको आरोपबारे अहिलेसम्म आधिकारिक धारणा सार्वजनिक गरेको छैन। 

रूसले हस्तक्षेप गरेपछि आर्मेनिया र अजरबैजान अस्थायी युद्धविराम गर्न तयार

स्थानीय समयअनुसार शनिबार मध्याह्नदेखि युद्धविराम लागू गर्न खोजिएको थियो। यी दुवै देश नागोर्नो काराबाख क्षेत्रमा युद्धविरामका लागि राजी भएका थिए। 
यसअघि गत साता पनि रुसको मध्यस्थतामा यी दुई देशले युद्धविराम गर्ने निर्णय लिएका थिए। तर भोलिपल्टै युद्ध पुनः छेडिएको थियो।

नागोर्नो काराबाख क्षेत्रमा किन भिडे‌ आर्मेनिया र अजरबैजान ?

पछिल्लो पटक पनि युद्धविराम घोषणा भएको, तर सम्झौता उल्लंघन गरी दुवै देशका सेना झडपमा उत्रिएको बीबीसीले उल्लेख गरेको छ। 

काराबाख क्षेत्रमा सीरियाका युवालाई किन बलि चढाइँदैछ ?

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.