|

केन्याकी धाविका पेरेस जेपचेयर्चरले पोल्यान्डमा भएको विश्व एथ्लेटिक्स हाफ म्याराथनमा विश्व कीर्तिमान कायम गरेकी छिन्। 

पोल्याण्डमा भएको प्रतियोगितामा निर्धारित दूरी १ घण्टा ५ मिनेट १६ सेकेन्डमा पूरा गर्दै पेरेसले कीर्तिमान बनाएकी हुन्। पेरेसले आफ्नै नाममा रहेको कीर्तिमान भङ्ग गर्दै स्वर्ण जित्न सफल रहिन्। 

२७ वर्षीया पेरेसले आफ्नै नाममा रहेको कीर्तिमानलाई १८ सेकेन्डले पछि पारिन्। पेरेसको यो दोस्रो विश्व च्याम्पियनसिपको उपाधि हो। यसअघि उनले २०१६ मा उपाधि जितेकी थिइन्।

हाफ म्याराथनमा जर्मनीकि मेलट यिसाक केजेटाले १ घण्टा ५ मिनेट १८ सेकेन्डको समय निकालेर रजत जितिन्। त्यस्तै, इथोपियाकि यालेमजेर्फले १ घण्टा ५ मिनेट १९ सेकेन्डको समयसहित कास्य हात पार्न सफल भइन्।

पुरुषतर्फको उपाधि युगान्डाका जाकोब किप्लिमोले जिते। उनले ५८ मिनेट ४९ सेकेन्डमा दौड पुरा गरे। विश्व रेकर्ड बनाएपछि पेरेसले आफु सँधै उच्च प्रदर्शनका लागि तयार रहेको बताइन्। उनले आफु संधै राम्रो गर्नका लागि ट्रयाकमा उत्रने गरेको र त्यसकै सफल्ता भएको बताइन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.