|

काठमाडौं : हिन्दु धर्मालम्बीको महान चाड दशैँ तिहारको अवसरमा नयाँ गीत 'मयाँले' सार्वजनिक भएको छ।

गीतमा म्याग्दी जिल्लाका विभिन्न स्थानमा युगौँदेखि गाइँदै आएका भाका तथा शब्दहरू समेटिएको छ।

गीतमा शब्द र संगीत संकलन प्रकाश दुतराजले गरेका छन्। सम्भोज मल्ल, ध्रुव जिसी, प्रकाश दुतराज, विष्णु रिजाल, शान्ता वर्देवा र वसन्ती थापाको स्वरमा सजिएको गीत अर्जुन थापाले एरेन्ज गरेका हुन्।

म्याग्दी जिल्लाको आकर्षक विभिन्न ठाउँको दृश्य गीतमा देखाइएको छ। गीतको भिडियो भने भुपेन बाँनियाले तयार गरेका हुन्।

गीतमा सुनिल बानियाँ, विविदजंग थापा, जीवन कार्की, नविन बानियाँ, निर्देश चोखल लगायतका कलाकारको अभिनय रहेको छ।

गीतका गायकमध्येका एक रिजालले यस गीतका बारेमा केही तथ्यहरू गीत सृजना गर्नु पुर्व म्याग्दी जिल्लाको विभिन्न भुभागहरूमा पुगेर त्यहाँको कला संस्कृतिको अध्धयन गरिएको बताए। 'त्यहाँको कला र संस्कृतिलाई विश्वव्यापी गर्ने उदेश्यका साथ दशै तिहार लक्षित गरेर मयाँले गीत प्रस्तुत गरेका छौं', उनले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.