|

काठमाडाैं :  दसैंको तीन दिन महानवमी, विजयादशमी र एकादशीका दिन नयाँ कोरोना पिसिआर परीक्षण नहुने भएको छ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले आजको नियमित कोभिड प्रेस ब्रिफिङमा यी दिनहरुमा देशभर पिसिआर परीक्षण हुँदै आएका प्रयोगशालमा पिसिआर परीक्षण नहुने बताएका हुन्।

यस्तै उनले यी दिनबाहेक अन्य समयमा पूर्ण रुपमा कोरोना परीक्षण हुने तथा सबै ल्याब पूर्ण रुपमा सञ्चालन गरिने निर्णय भएको पनि बताए। ती तीन दिनहरुमा प्रयोगशालाको चापअनुसार काम गर्ने, गराउने व्यवस्था मिलाउन निर्देशन दिने निर्णय भएको समेत उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.